पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू)  « Khabarhub

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानअन्तर्गत तमु धिं नेपालको अग्रसरतामा रंगशाला परिसरमा सरसफाइ गरिएको हो।

सरसफाइ कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले रंगशाला परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै झारपात हटाउने, गोडमेल गर्ने र परिसर सफा गर्ने काम गरेका थिए।

रंगशालालाई स्वच्छ, हरियालीयुक्त र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा हरेक साता पोखराका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउँदै सरसफाइमा सहभागिता जनाउँदै आएका छन्।

कास्की जिल्ला खेलकुद विकास समितिले रंगशालाको वातावरण स्वच्छ राख्न तथा खेलकुदसँगै सरसफाइ र वातावरण संरक्षणको सन्देश प्रवाह गर्न अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।  

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : ४६ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण