पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू)  « Khabarhub

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानअन्तर्गत तमु धिं नेपालको अग्रसरतामा रंगशाला परिसरमा सरसफाइ गरिएको हो।

सरसफाइ कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले रंगशाला परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै झारपात हटाउने, गोडमेल गर्ने र परिसर सफा गर्ने काम गरेका थिए।

रंगशालालाई स्वच्छ, हरियालीयुक्त र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा हरेक साता पोखराका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउँदै सरसफाइमा सहभागिता जनाउँदै आएका छन्।

कास्की जिल्ला खेलकुद विकास समितिले रंगशालाको वातावरण स्वच्छ राख्न तथा खेलकुदसँगै सरसफाइ र वातावरण संरक्षणको सन्देश प्रवाह गर्न अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।  

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  १ : ४६ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर