नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल « Khabarhub

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई आर्थिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा थप विस्तार गर्नुपर्ने बताए।

उनले नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने धारणा राखे। साथै, बीआरआई फ्रेमवर्कलाई अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए।

चीनको विकास मोडल तथा सामाजिक स्थायित्वबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने खनालको भनाइ थियो ।

खनालले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेकाले अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायका लागि सशक्त आवाज उठाउनुपर्ने पनि बताए। विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्यून भए पनि जलवायु परिवर्तनको असरबाट नेपाल गम्भीर रूपमा प्रभावित भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : ५० बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी