इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल « Khabarhub

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच शनिबार बिहान टेलिफोनमार्फत कुराकानी भएको छ।

इराकी भूमिबाट साउदी अरबको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि दुई देशका विदेशमन्त्रीबीच यो वार्ता भएको हो।

इराकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुई मन्त्रीबीच क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम तथा दुवै देशका साझा चासो र सरोकारका विषयमा छलफल भएको थियो।

विज्ञप्तिमा इराक र साउदी अरबबीच निरन्तर सम्पर्क, समन्वय र सहकार्य कायम राख्नुको महत्त्वमा दुवै पक्षले जोड दिएको उल्लेख छ।

आक्रमण इराकी भूभागबाट भएको भनिए पनि साउदी अरबले इराकप्रति आफ्नो समर्थन व्यक्त गर्दै तत्काल कुनै जबाफी कारबाही नगर्ने स्पष्ट पारेको छ। यता, इराकले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ३ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली