मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’ « Khabarhub

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई लिएर चर्को आलोचना भएको छ । उनले सामाजिक सञ्जालमार्फत् यूएईको शारजाहमा एक जना नेपालीको राहदानी काम गर्ने ठाउँमा नै राखिएको भन्दै सहयोगका लागि अपिल गरेका थिए ।

उनले लेखेका थिए, ‘कसैले मदत गर्न सक्नु हुन्छ ??? शारजाह दुबई मा हुने कोहि नेपाली हुनुहुन्छ भने यो तलको भाईलाई सम्पर्क गरेर उद्धार गर्न अनुरोध छ। उसको पासपोर्ट उसले काम गर्ने ठाउँमा खोसेर राखिदिएछ । नामः सुनिल लुंगेली मगर, शारजहाँ ।’

यसका साथै उनले ह्वाट्सएपको नम्बर समेत राखेर ती नेपालीले आफूलाई रुँदै ह्वाट्सएपमा फोन गरेको जनाएका छन् ।

पुनको पोस्टबाट उनी जिम्मेवार मन्त्रीको पदमा रहेपनि अझै अभियन्ताको धङ्धङीबाट मुक्त हुन नसकेको भन्दै आलोचना भएको हो । उक्त पोस्टमा जेन-जी अभियन्ता तनुजा पाण्डेले कमेन्ट गर्दै मन्त्रीले अलपत्र परेका श्रमिकलाई सहयोग गर्न फेसबुकमा सर्वसाधारणसँग हात जोड्नुपर्छ भने हामीलाई सरकार किन चाहियो? भन्ने प्रश्न गरेकी छिन् ।

उनले अङ्ग्रेजीमा लेखेकी छिन्, ‘यदि कुनै तपाईंसँग राज्य संयन्त्र, कूटनीतिक नियोग र प्रशासनिक अधिकार औँलाकै भरमा उपलब्ध छन्। सामाजिक सञ्जालमा असहाय दर्शकजस्तो बन्न छाड्नुहोस् र जुन कामका लागि नियुक्त हुनुभएको हो, त्यो गरेर देखाउनुहोस् । इनफ इज इनफ ।’

त्यसैगरी अर्का जेन-जी अभियन्ता माजिद अन्सारीले कमेन्ट गर्दै पुनलाई ‘लाचार अभियन्ता’ को संज्ञा दिएका छन् ।

उनले कमेन्टमा लेखेका छन्, ‘तपाईं नेपाल सरकारको मन्त्रिपरिषद्को सदस्य हो। तपाईं समेतको सिफारिसमा राजदूतको नियुक्ति हुन्छ। युएईस्थित नेपाली राजदूतावास तपाईंको सरकारको प्रतिनिधि हो ।’

‘तपाईंको मन्त्रिपरिषद्प्रति वफादार हुनुपर्ने नेपालको राजदूतावासले नेपाली नागरिकको उद्धार गर्न सक्दैन भने तपाईं कुन नैतिकताको आधारमा नेपाल सरकारको मन्त्रिपरिषदमा बसिरहनुभएको छ?’ अन्सारीले प्रश्न गरेका छन्।

तर पुनले भने आफ्नो पोस्टको बचाउ गर्दै आफूलाई मान्छेहरुले बुद्धु नै बनाएको टिप्पणी गरेका छन् । उनले नेपालमा सिकाउने मान्छेहरु धेरै भएको उल्लेख गर्दै सिकाउने धेरै र सिक्ने थोरै भएर नै नेपाल बिग्रेको हो उल्लेख गरेका छन् । उनले आफू पनि देश खाएर शेष पल्टेको जख्खड मान्छे भएको जनाएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा अर्को स्टाटस लेख्दै अघिल्लो स्टाटस पोस्ट गरेको १५ मिनट मै शारजहाँमा भएका भाइहरुले आफूलाई फोन गरेर अवस्थाबारे आफूसँग जानकारी लिएको उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘तपाईहरु पनि संसारको कुनै कुनामा गएर हराउनु भयो वा दुःख पाउनु भयो भने मलाई सम्पर्क गर्नु होला । म ता यस्तै हो ब्रो ।’

मन्त्री पुनले अर्को पोस्टमा भिडियो पोस्ट गर्दै शरजहाँमा बिचल्ली भएको भाइको उद्धार भइसकेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ४ : २६ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा