भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने « Khabarhub

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । 

आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।

साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत यही भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपद् आएपछि स्थगन गरिएको थियो । 

महानिर्देशक भुसालले पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिने बताए।

भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई रु १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ । त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४  पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ ।

भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना १० लाख राशिको बम्पर विजेता छनोट हुनेछन् । असोज १ गते भदौ महिनाका रु एक लाख ३३ हजार ३३४ का ३१ जना विजेता र १०–१० लाखका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ६ : ४७ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी