अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि « Khabarhub

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ ।

फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्‍यो । उसले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा पनि कर्णालीविरुद्ध अन्नपूर्णले पूरा दबाब राख्यो । उसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेट अन्नपूर्णले २५–१८ ले जित्दै इतिहास रच्यो । याेसँगै अन्नपूर्ण अब एनभिएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको थियो ।

प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ । पहिलो संस्करणको एनभिएलमा छ टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ८ : ३० बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी