शुक्लाफाँटामा जङ्गल सफारी खुला « Khabarhub

शुक्लाफाँटामा जङ्गल सफारी खुला


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो ।

बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

‘पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ, दसैँमा पर्यटकहरुले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,’ उनले भने, ‘मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ ।’

पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने उनले बताए । वर्षा रोकिए एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्चालनमा आउने सूचना अधिकारी वाग्लेको भनाइ थियो ।

उनका अनुसार निकुञ्जले फाटाँमा २० हेक्टरमा घाँस व्यवस्थापनको काम पनि गरिरहेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफल फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाठेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटामा दुई हजार ३०० बाह्रसिङ्गा छन् ।

त्यसैगरी, यहाँ ५० वटा पाटेबाघ रहेका छन् । दुर्लभ वन्यजन्तुका र वनस्पतिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ ।


 

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ११ : २६ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक