कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’ « Khabarhub

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा आफूलाई मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचनमा पराजित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै घिमिरेले आफूलाई प्राप्त १ हजार ५१३ मत आफ्नो राजनीतिक यात्राका लागि ठूलो प्रेरणा भएको बताएका छन्।

उनले भनेका छन्– ‘यहाँहरूले प्रदान गर्नुभएको १ हजार ५१३ मत मेरा लागि सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो।’

घिमिरेले पार्टीको १५औँ महाधिवेशनबाट उपसभापति तथा विभिन्न पदाधिकारीमा निर्वाचित भएका सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

नेता घिमिरेले अबको कार्यकालमा पार्टी र देशसामु उपस्थित चुनौतीहरूको सामना गर्न सक्ने आन्तरिक सामर्थ्य वृद्धि गर्न, हार्दिकता र एकता अभिवृद्धि गर्न, मूल्याङ्कन पद्धति तथा निर्णय प्रक्रियालाई वस्तुनिष्ठ र पारदर्शी बनाई पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्न तथा आगामी दुवै तहका निर्वाचनमा विजय हासिल गर्न अभूतपूर्व सफलता प्राप्त हुनेछ भन्ने अपेक्षा र विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ— जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्।’

उनले लोकतान्त्रिक अभ्यासमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू परिणामबाट विचलित नभएको समेत स्पष्ट पारेका छन्। उनले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो । यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु।’

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १० : २६ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध