पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड « Khabarhub

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेका कारण बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ । नेपालका सरकारी अधिकारीहरूको प्रारम्भिक विवरणलाई समीक्षा गर्दै एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले उक्त जानकारी दिएको हो ।

नेपाली समय अनुसार आइतबार बिहान करिब ४ बजे बूढीगण्डकी करिडोरमा हिलो, लेदो र भग्नावशेषसहितको ठूलो बाढी बग्न सुरु भएको थियो । बाढीका कारण नदीको बहावमा उतारचढाव आएपछि बुढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा बसोबास गर्ने समुदायका लागि अधिकारीहरूले उच्च सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।

प्रारम्भिक प्रतिवेदन अनुसार बाढीका कारण केही मानिसहरू बेपत्ता भएका छन् भने घरहरू, पुलहरू र नदी किनारका पूर्वाधारहरू बगाएका छन् । साथै, सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना स्थलमा पनि क्षति पुगेको खबर छ । यद्यपि, क्षतिको पूर्ण विवरण आकलन गर्ने क्रम जारी रहेको छ । हाल प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, सुरक्षित निकासी र स्थानान्तरणका प्रयासहरू तीव्र पारिएको छ ।

केही समयअघि भएको गिरोङ–रसुवा विपद् लगत्तै यो घटना हुनुले हिमाली क्षेत्रमा एउटा विपद्ले अर्को विपद् निम्त्याउने (कैस्केडिङ माउन्टेन हाजार्ड्स) जोखिमलाई पुनः उजागर गरेको छ ।

घटनाका सम्बन्धमा इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भनेका छन्, ‘गिरोङ–रसुवा विपद्को केही समयपछि नै भएको यो घटनाले हिमाली समुदाय र नदी करिडोरहरू आकस्मिक विपद्को कति उच्च जोखिममा छन् भन्ने फेरि सम्झाएको छ । अहिलेको प्राथमिकता उद्धार र राहत नै भए तापनि भविष्यको जोखिम घटाउन बाढीको मुख्य कारक तत्त्व बुझ्नु अत्यावश्यक छ ।’

यस्तै, इसिमोडका जलवायु तथा वातावरणीय जोखिम सम्बन्धी रणनीति प्रमुख चियाङगोङ झाङका अनुसार पहिरोले अस्थायी रूपमा नदी थुनेर बनेको बाँध फुटेपछि लेदोसहितको बाढी तलतिर बगेको हालको विश्लेषणले देखाउँछ । उनले भने, ‘भिरालो हिमाली क्षेत्रमा पहिरो र नदी प्रणालीलाई एकीकृत रूपमा अनुगमन गर्नु कति महत्त्वपूर्ण छ भन्ने यस घटनाले स्पष्ट पार्छ ।’

बुढीगण्डकी उपत्यकामा यसअघि अप्रिल २०२४ मा पनि ठूलो बाढी आएको थियो । त्यसबेला मनास्लु हिमनदीको मुखबाट ठूलो हिउँपहिरो बीरेन्द्र तालमा खसेपछि तालको पानी विस्थापित भई बुढीगण्डकी नदीमा अचानक बाढी आएको इसिमोडको अध्ययनले देखाएको थियो ।

इसिमोडका अनुसार ११ अक्टोबर २०२६ बिहान ११ः३० बजेसम्म उपलब्ध सार्वजनिक विवरणका आधारमा यो प्रारम्भिक विश्लेषण तयार पारिएको हो र खोजी तथा उद्धार कार्य जारी रहेकाले तथ्यांकमा परिवर्तन हुन सक्नेछ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १० : ४४ बजे

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो