बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस « Khabarhub

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण सहित प्रतिकार्यलाई तीव्रता दिएको छ ।

आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी गएको थियो। बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको प्रारम्भिक विश्लेषणअनुसार बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने दुई पक्की पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना, चार हवन कुण्ड, ४५ घर पूर्ण क्षति २७ आंशिक क्षति, ३४ गोठ र तीन सवारीसाधनमा क्षति भएको छ । नेपाली सेनाको चारवटा हेलिकप्टरमार्फत नौजना विदेशीसहित ८२ जनालाई तत्काल उद्धार पनि गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने, ‘बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरुले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।’

बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा आइतबार नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन), म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूलाठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए ।

महामन्त्री खनालले भने, ‘क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पु¥याउन स्वयंसेवक तल्लीन छन् । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण जारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १० : ५२ बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका