पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह « Khabarhub

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।

उनले भने, ‘पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु–गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला ।’

उनले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए ।

प्रधानमन्त्री शाहले भने, ‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला । एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ ।’

आफ्नो सङ्गठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे ।

‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ । यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, ‘उनले भने, ‘सरकारले यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र यहाँहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध छ ।’

प्रधानमन्त्री शाहले आज दीक्षित भएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे । उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

सम्बोधनको पूर्ण पाठ

  • यस प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उपस्थित विशिष्ट अतिथिज्यूहरू,
    अन्य अतिथिज्यूहरू,
    अभिभावक तथा परिवारजन,
    आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरू,
    र, सञ्चारकर्मी मित्रहरू लगायत सम्पूर्णमा नमस्कार।
  • यस समारोहमा सहभागी प्रहरी निरीक्षकहरु, जो १६ महिने आधारभूत तालिम पूरा गरेर आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ। यसका लागि यहाँहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना। आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनप्रति विशेष आभार।
  • दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरुले यस तालिममा प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान र सीप पूर्णरुपमा हासिल गर्नुभयो भन्ने विश्वास छ। अब यसलाई व्यवहारमा उतार्न यहाँहरु पूर्ण रूपमा सक्षम हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु।
  • कुनैपनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो। यो सँगै, पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डहरुको सही रुपमा पालना गर्नु/गराउनुले पनि व्यक्तिलाई पेशागत सफलता हासिल गर्न मद्दत पुग्छ। जिम्मेवारीप्रतिको जवाफदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरु लागु हुन्छन्।
  • सधैं अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनैपनि संकट आउँदा नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकाले यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनैपनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नराखी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलता पूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास छ। र, आम नागरिकहरूलाई अनुभूत हुने गरि काम गर्न यहाँहरुलाई आग्रहसमेत गर्दछु।
  • आज दीक्षित हुनुभएका प्रहरी निरीक्षक साथीहरु, यहाँहरुको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ – यहाँहरु कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन। आफ्नो संगठनको प्रोटोकल विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन।
  • सूचना प्रविधिले यहाँहरुको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्छ। समयको बदलाबसँगै अपराधका स्वरुप र प्रवृत्तिहरु पनि बदलिएका छन्। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक, र प्रमाणमूखि अनुसन्धानका लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरुरी छ। यसमा समग्र प्रहरी संगठन, नेतृत्व, प्रशिक्षक लगायतको पनि महत्वपूर्ण भूमिका रहन्छ। सरकार यस प्रकारको अनुसन्धानकाे लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन र यहाँहरुप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सधै प्रतिबद्ध छ।
  • अन्तमा, आज दीक्षित हुनुभएका प्रहरी अधिकृतहरुलाई कार्यसफलताको शुभकामना छ। अभिभावकज्यूहरुप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। समारोह आयोजक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १२ : ०० बजे

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा