हराउन थाले दसैँका परम्परागत पिङ « Khabarhub

हराउन थाले दसैँका परम्परागत पिङ


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ ।

मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरू होस् यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्म घर फर्किरहेका छन् ।

चार वर्षअघि रोजगारीको सिलसिलामा भारतको ब्याङ्गलोर बसेर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले वर्षौं वर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुने भए पनि चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्य पनि जगेर्ना नहुँदा पहिलेभन्दा यो दसैँ खल्लो लागेको बताए ।

आलिताल गाउँपालिका–४ का जोगराज भट्टले भने, ‘सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गर्थौं, वर्षौंसम्म पनि भेट नभएका साथी दसैँमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो, पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थाल्यो ।’

बजारक्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै गएको छ । पहिले टोल–टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेकोे अमरगढी नगरपालिका– ३ का गीताञ्जली साउद बताउछिन् ।

गाउँघरमा पहिले पहिले दसैँ आउनुभन्दा एक हप्ताअगाडि नै रोटेपिङ राख्ने गरेकामा यो भने  हराउँदै गएको छ । अजयमेरु–३ का ८५ वर्षीय वृद्ध पदम एडीले भने, ‘पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लट्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो, अहिले सबै नौलोजस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।’

फाटफुट रूपमा कहीँ कतै पिङ राख्ने गरेको भए पनि पहिलेभन्दा निकै कम भएको छ । लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगार्दा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो ।

बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे । तर बढ्दो प्रविधिले परम्परागत मौलिकता हराउन थालेका छन् ।

पछिल्लो समय, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै जाँदा नेपाली पर्वको महत्त्व पनि बिस्तारै हराउँदै जान थालेको छ । अझै गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ ।

मान्छेहरु फेसबुक, इन्स्टाग्राम र टिकटकमा रमाउन थालेका छन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने चिन्ता लागेको बताए । अहिले मानिसले खासै त्यो प्रति चासो नै दिँदैनन् सामाजिक सञ्जालमै व्यस्त हुने गरेको उनले बताए । रासस

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १२ : २४ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक