महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु « Khabarhub

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर अघि बढ्ने बताएकी छन् । 

महामन्त्रीमा निर्वाचित भएपछि उनले छरिएको कांग्रेसलाई एक बनाएर अघि बढाउने विश्वास दिलाइन् । 

‘महिला सहभागिता बढाउनु,स्थानीय तहको निर्वाचन फेस गर्नु । तल्लो तहमा देखिएको कार्यकर्ताप्रतिको वितृष्णालाई चिर्नु र छरिएको कांग्रेसलाई एक बनाएर अगाडि जानु हाम्रो प्रमुख काम रहन्छ।’ महामन्त्री संग्रौलाले भनिन, ‘हामीमाथि निकै ठूलो जिम्मेवारी आएको छ । जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नु र स्थानीय तहको निर्वाचनमा जति सक्दो खटेर जनताको  मनोभावना बुझ्नु नै हाम्रो प्रमुख दायित्व हो ।’

संग्रौला नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पहिलोपटक निर्वाचित महिला महामन्त्री बनेकी हुन् । यस अगाडि कांग्रेसको विधानमा महिला महामन्त्री बन्ने बाध्यकारी व्यवस्था थिएन । यसपटक विधान संशोधन भएर महिला महामन्त्री बनाउने बाध्यकारी व्यवस्था अटाइएको हो ।

महिला महामन्त्रीमा मुख्यतया महालक्ष्मी उपाध्याय डिना र संग्रौला बीच प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसमा यस अगाडि नै महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : ३० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक