गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ? « Khabarhub

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका छन्। गृहमन्त्रीको कार्यभार सम्हालेयता उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो।

गृहमन्त्री गुरुङ सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजना हुने बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रूपमा यो बैठकको परिकल्पना गरेको थियो। सोही परिकल्पनाअनुसार पहिलोपटक भारतमा यो बैठक आयोजना हुन लागेको हो। बैठकमा बिमस्टेक सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ।

बैठकमा बिमस्टेक क्षेत्रमा देखा परेका लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा तथा साईबर अपराधजस्ता अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धन गर्न गहन छलफल हुनेछ। सो क्रममा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा भएका छलफल र दस्तावेजहरू पारित गर्दै संयुक्त घोषणापत्रसमेत जारी गरिनेछ।

बैठकमा नेपालका तर्फबाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई विशेष प्राथमिकताका साथ उठाइनेछ।

बिमस्टेक सदस्य मुलुकमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा रहेका गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्नेसमेत कार्यसूची रहेको छ।

तीन दिने भारत भ्रमण पूरा गरी गृहमन्त्री गुरुङ असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : ४१ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका