साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट « Khabarhub

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ ।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकेर नष्ट गरिएको थियो भने दक्षिणपश्चिमी क्षेत्रको खमिस मुशैतलाई लक्षित गरी प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र पनि नष्ट गरिएको थियो ।

यसअघि आइतबार साउदी अरबका दुई विमानस्थललाई लक्षित गरी आक्रमण गरिएपछि क्षेत्रमा तनाव थप चुलिएको छ । साउदी उड्डयन अधिकारीहरूका अनुसार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए ।

दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल पनि आक्रमणको निशानामा परेको जनाइएको छ । यसअघि शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका थिए ।

लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणका घटनाले साउदी अरब र यमनका हुथी विद्रोहीबीचको तनाव थप बढाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १ : ४८ बजे

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम