पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ « Khabarhub

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । दुई प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा आइतबारदेखि पीटीआईका सदस्यहरूलाई हिरासतमा लिन थालिएको जानकारी दिएका छन् ।

खानका समर्थकहरूले देशको कमजोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा आयोजित पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।

पीटीआईका अनुसार प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको थियो । एक प्रशासनिक अधिकारीका अनुसार उहाँलाई सुरुमा आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखिएको थियो । पछि अर्को स्थानमा सारिए पनि उनलाई कहाँ लगिएको हो भन्नेबारे अधिकारीले खुलाउन अस्वीकार गरेका छन् ।

खैबर पख्तुनख्वा पीटीआईको बलियो आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म प्रान्तमा पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक रहेको दाबी गरेको छ ।

पीटीआईले भने आपत्कालीन शासनलाई अलोकतान्त्रिक कदम भन्दै विरोध गरेको छ । पार्टीले यसलाई सङ्घीय सरकारद्वारा सत्ता कब्जा गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। सन् २०२३ मेमा सरकार र सैन्य प्रतिष्ठानविरोधी प्रदर्शन हिंसात्मक बनेपछि उनीमाथि भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप लागेका छन् । खान र उनको कानुनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  २ : ०८ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट