पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने « Khabarhub

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी आवागमन बन्द गरिने जानकारी दिएका छन् ।

गत असोज २३ गते सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा आएको सडक थप मर्मत गर्नुपर्ने भएपछि पुनः बन्द गर्न लागिएको हो ।

दसैँ नजिकिँदै गर्दा देशको प्रमुख राजमार्गमा सवारी आवागमन रोकिने भएपछि घर फर्किने यात्रु प्रभावित हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गरेका यात्रुलाई राजमार्ग बन्द हुँदा समस्या हुने बताए।

‘दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ’, उनले भने।

दसैँ मनाउन काठमाडौं छाड्ने यात्रुको सङ्ख्या पनि बढिरहेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म काठमाडौंको नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।

राजमार्ग मर्मतका लागि निर्धारित समयमा सवारी आवागमन बन्द गरिने भएकाले यात्रुले आफ्नो यात्रा तालिका मिलाउनुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  २ : ४६ बजे

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई