उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह « Khabarhub

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तु बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा विभिन्न बहानामा मूल्य बढाउने गरेको जनगुनासो बढेपछि प्रशासनले व्यवसायीलाई सचेत गराएको हो ।

प्रशासनले आज सूचना जारी गर्दै खाद्यान्न, दाल, नुन, तेल, चिनी, ग्यास, पेट्रोलियम पदार्थ र औषधिजस्ता अत्यावश्यक वस्तुको आपूर्ति सहज, सुलभ र नियमित बनाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बजारमा कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी, कार्टेलिङ तथा गुणस्तरहीन वस्तुको बिक्री वितरणसम्बन्धी गुनासा प्राप्त भएकाले यस्ता गैरकानुनी गतिविधि नगर्न र नगराउन सचेत गराइएको बताए।

चाडपर्वका समयमा उपभोक्तालाई आवश्यक वस्तु सहज रूपमा उपलब्ध गराउन तथा बजारमा हुने अनुचित गतिविधि नियन्त्रण गर्न प्रशासनले सबै सरोकार भएका पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । प्रशासनको आग्रहविपरीत कार्य गरेको पाइएमा कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : २६ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट