तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षणमा मातृशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
जाति, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै उनले मौ लिक संस्कृतिको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड दिएका हुन् ।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेखी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भौतिक विकासले मात्रै समाज समृद्ध नहुने बताए । सूचना तथा प्रविधिको विकाससँगै मौलिक संस्कृतिलाई पनि जीवन्त राख्नुपर्ने उनको भनाइ थियो ।
आमाले सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै पोखरेलले नयाँ पुस्ताले मातृशक्तिको गौरव गर्नुपर्ने बताए । राष्ट्रको गौरव र पहिचान जोगाउन मौलिक संस्कृति तथा सामाजिक संस्कारको संरक्षण आवश्यक रहेको उनले धारणा राखे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले संस्कार, सन्तान र समाज निर्माणमा आमाको भूमिका महत्त्वपूर्ण हुने बताए । अभिभावकको सल्लाह र मार्गदर्शनले सामाजिक तथा राजनीतिक आन्दोलनलाई समेत सही दिशा दिने उनको भनाइ थियो ।
एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
मनोहर बुढाथोकीकी आमा रेश्मीकुमारी बुढाथोकीको उपचारका क्रममा गत असोज १४ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।














प्रतिक्रिया