एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण « Khabarhub

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबीमेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम ‘जेसीबी शुभारम्भ’ नाममा आयोजना गरेको हो ।

हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो । प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । 

समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो, र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए ।  

कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भने ‘घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ । आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ। हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ।’

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ४ : ५८ बजे

घर रित्तिएको, सुविधा भित्रिएको थातथलो

दसैँ–तिहार आउँदा गाउँका घरआँगनमा चहलपहल बढ्न थाल्छ । रोजगारी र

म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी- गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन पहल

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

म्याग्दी– मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको