नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै « Khabarhub

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि २९ करोड ५० लाख रुपैयाँका योजना छनोट गरेको छ ।

गुरुयोजनाअनुसार सडक स्तरोन्नति, पर्यटकीय तथा सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विभिन्न योजना अघि बढाइएको कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेले जानकारी दिए । स्वीकृत बजेटबाट भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा सडक तथा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

भानु नगरपालिका–४ मा चुँदीबेँसी–मोहरियादेखि शिखर कटेरी हुँदै भानु साहित्य उद्यान जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक स्तरोन्नतिपछि आदिकवि भानुभक्त आचार्यको जन्मस्थलसँग जोडिएका क्षेत्रमा आवागमन सहज हुने र स्थानीयवासी तथा पर्यटकलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, भानु नगरपालिका–४ स्थित भानुभक्त आचार्यको जन्मस्थलमा भानु साहित्य उद्यानको पूर्वाधार निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ । साहित्य, संस्कृति र पर्यटनसँग जोडिएको उद्यानलाई व्यवस्थित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले योजना अघि बढाइएको हो ।

बन्दीपुर गाउँपालिकामा सडक तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि दुईवटा योजनामा तीन–तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । कालिका मोटरमार्गदेखि गुरुङटारस्थित नेपाल टेलिकमको टावर, मगर गुठी हुँदै बिरुवा जोड्ने मोटरमार्ग स्तरोन्नति गरिनेछ । यसबाट ग्रामीण बस्तीको आवागमन सहज हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, बन्दीपुर गाउँपालिका–२ र ३ अन्तर्गत बन्दीकापुरमा २५ पोखरी ताल पार्क निर्माण गरिनेछ । प्राकृतिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्रलाई पार्कका रूपमा विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

गोरखाको पालुङटार नगरपालिकामा लुङ्गा–वडा कार्यालय–चापाभञ्ज्याङ–कार्की गाउँ–आँपपिपल अस्पताल सडक स्तरोन्नतिका लागि पनि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक स्तरोन्नतिपछि स्थानीय बासिन्दाको आवागमन तथा अस्पतालसम्मको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

पाण्डेका अनुसार यी योजनाले सडक सञ्जाल विस्तारसँगै स्थानीयस्तरमा पर्यटन, संस्कृति र आर्थिक गतिविधि प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछन् । विशेषगरी भानु साहित्य उद्यान र भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण हुने पूर्वाधारले भानु क्षेत्रमा साहित्यिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आसपास व्यवस्थित बस्ती विकास गरी आन्तरिक बसाइँसराइलाई व्यवस्थापन गर्ने सरकारी नीतिअनुसार तनहुँमा नयाँ सहर आयोजना सुरु गरिएको हो । 

आर्थिक वर्ष २०७२/७३ देखि सञ्चालनमा आएको डुम्रे भन्सारस्थित आयोजनाले साविक भानु गाविसका वडा नं. १, २, ३ र ४ तथा साविक बन्दीपुर गाविसका वडा नं. १, २, ३ र ४ समेटेको छ । आयोजनाको लक्ष्य विसं २०९० सम्म व्यवस्थित बस्ती र आवश्यक पूर्वाधार विकास गर्नु रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ५ : ५७ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर