एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी « Khabarhub

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीले एउटा मात्र उद्योग सञ्चालनमा भए पनि त्यसको संरक्षण, प्रवर्द्धन र सञ्चालन सहज बनाउनु सरकारको दायित्व भएको बताएका छन् ।

मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारी तथा उद्योगी–व्यवसायीसँगको भेटघाट तथा छलफलमा उनले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

छलफलमा उद्योगी–व्यवसायीले बढ्दो उत्पादन लागत, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक झन्झट तथा नीतिगत जटिलताले औद्योगिक लगानीको वातावरण प्रभावित भएको बताएका थिए । उनीहरूले नेपाली उत्पादनलाई छिमेकी मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुने गरी लागत घटाउने र औद्योगिक उत्पादन क्षमता विस्तार गर्ने नीतिगत व्यवस्था गर्न माग गरेका थिए ।

छलफललाई सम्बोधन गर्दै सभापति अन्सारीले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न तयार रहेको बताए ।

‘उद्योग सञ्चालनका सानाभन्दा साना समस्यादेखि ठूला नीतिगत जटिलतासम्म समाधानको जिम्मेवारी सरकारले लिनुपर्छ । देशमा एउटा मात्रै उद्योग सञ्चालनमा छ भने पनि त्यसको संरक्षण गर्नु, सञ्चालन सहज बनाउनु र त्यसलाई फस्टाउने वातावरण दिनु सरकारको दायित्व हो,’ उनले भने ।

उनले उद्योगी–व्यवसायी समस्यामा पर्दा राज्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उल्लेख गर्दै उद्योग स्थापना, सञ्चालन, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका हरेक चरणमा सरकार सहयोगी बन्नुपर्नेमा जोड दिए ।

‘सरकारको सक्रियता र भ्रष्टाचारप्रतिको शून्य सहनशीलता नै निजी क्षेत्रको विश्वास जित्ने प्रमुख आधार हुन् । उद्योगीले सरकारलाई खोज्दै हिँड्नुपर्ने होइन, सरकारले उद्योगका समस्या पहिचान गरेर समाधानमा अग्रसरता देखाउनुपर्छ,’ अन्सारीले भने ।

उनले उद्योगी–व्यवसायीले उठाएका व्यावहारिक तथा नीतिगत समस्यालाई संसदीय समितिमार्फत सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उद्योगको संरक्षण, लगानी प्रवर्द्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै सरकार र निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ६ : २४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा