काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान खेल खेलेको पोखरा २ अंकका साथ अन्तिममा छ ।
यसैबीच, कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा ५ खेलबाट कर्णाली ४ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने ७ अंक भएको लुम्बिनी तेस्रो स्थानमा छ ।
कर्णाली प्लेअफको सम्भावना बलियो बनाउन लुम्बिनीलाई हराउनै पर्ने दबाबमा छ ।














प्रतिक्रिया