वीरगञ्ज – पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका एक कैदी फरार भएका छन् ।
कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह बिहीबार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् ।
कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
वीरगञ्ज भारतसँगको खुला सीमाक्षेत्र नजिकै रहेकाले साह भारततर्फ भाग्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी बढाइएको छ । साथै, सीमा क्षेत्रमा सुरक्षा जाँचसमेत कडा पारिएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया