न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १७ घाइते « Khabarhub

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १७ घाइते


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ–  अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

निर्माणस्थल नजिकै उत्खनन भइरहेको क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारकार्यमा ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।

अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन हुन नसकेको बताउनुभएको छ । घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

भवन विभागका आयुक्त अहमद तिगानीका अनुसार निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको हो ।

उक्त स्थानमा तीनतले भवन निर्माणका लागि अनुमति दिइएको भए पनि विकासकर्ताले नौतले भवन निर्माण गर्न अनुमति मागेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  २ : १८ बजे

घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षणमा मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै

विराटनगरविरुद्ध पोखराले दियो १३३ रनको लक्ष्य

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले

एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट हात पारे

काठमाडौँ – विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १७ घाइते

 काठमाडौँ–  अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौँ– विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए