काठमाडौँ – विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो ह्याट्रिकसहित उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् ।
पोखरा एभेन्जर्सविरुद्ध बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले ६ विकेट लिँदै पोखराको ब्याटिङ लाइनअप ध्वस्त पारेका हुन् ।
लेग स्पिनर सन्दीपले तीन ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे ।
उनले उक्त ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिएका थिए । योसँगै सन्दीपले एनपीएलमा आफ्नो नाममा पहिलो ह्याट्रिक दर्ता गराएका छन् ।
उनको उत्कृष्ट बलिङ विराटनगरका लागि खेलको महत्त्वपूर्ण उपलब्धि बनेको छ ।














प्रतिक्रिया