काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो ।
पोखराका ओपनर युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रन बनाए । यस्तै, धनञ्जय लक्षनले २२ र सनि बीकेले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
विराटनगरका लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २७ रन खर्चेर छ विकेट लिए । उनले यसक्रममा ह्याट्रिकसमेत पूरा गरे । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।
प्लेअफमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको विराटनगर छैटौँ स्थानमा छ । पाँच खेलमध्ये चारमा पराजित र एकमा मात्र जित निकालेको पोखरा आठौँ स्थानमा छ ।














प्रतिक्रिया