भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् ।
सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा बुधबार परेको वर्षाका कारण क्षति पुगेपछि मुख्यमन्त्री थापाले बिहीबार स्थलगत अवलोकन गरेका हुन् ।
निरीक्षणका क्रममा उनले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीकोट गढी जाने सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताए।
उनले सडकको अवस्थाबारे जानकारी लिँदै आवागमन सहज बनाउन आवश्यक पहल गरिने बताए ।














प्रतिक्रिया