लागूऔषधसहित पाँच पक्राउ « Khabarhub

लागूऔषधसहित पाँच पक्राउ


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट एक र बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफासिरमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ । यस्तै, प्रहरीले सिराहा र सप्तरीको सीमा क्षेत्र सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट करिब २३१ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान सिराहा र प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरीले सात पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ६ : १० बजे

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

म्याड्रिड- आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी

लागूऔषधसहित पाँच पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक

डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन मन्त्री चौधरीको आह्वान

अन्ताल्या (टर्किए)- कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका