मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट « Khabarhub

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताए । मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गरे ।

सो अवसरमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ७ : ०७ बजे

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र

एनपिएल : कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा कर्णाली

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

म्याड्रिड- आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी

लागूऔषधसहित पाँच पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित