महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै « Khabarhub

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ । भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहने छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ८ : ०० बजे

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

जेरुसेलम- दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको

भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र

एनपिएल : कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा कर्णाली