जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको हो ।
ठक्करबाट स्कुटर चालक महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि प्रहरीले टिपर चालक महोत्तरीको भङ्गहा नगरपालिका–७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया