कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ? « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षलाई चुनौती दिँदै विशेष महाधिवेशन गरेका छन्।

आइतबार उद्घाटन भएको महाधिवेशन व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार अहिलेसम्म २६ सय ६२ जनाले हस्ताक्षर गरिसकेका छन्। अब सोमबार बिहान ८ बजेदेखि हस्ताक्षर खुला हुनेछ ।

उनका अनुसार विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या दुई हजार ६६२ पुगेको हो । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो ।

असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर थियो । २०७८ को कांग्रेस महाधिवेशनमा कांग्रेसका ४७ सय ४३ प्रतिनिधि थिए ।

यसरी हेर्दा गगन–विश्वप्रकाशले बोलाएको विशेष महाधिवेशनमा दुई हजार ८० प्रतिनिधि उपस्थित भएका छैनन्। नेपाली कांग्रेसको विधानमा महाधिवेशनमा ५१ प्रतिशत मत कटाउनुपर्छ।

महाधिवेशन प्रतिनिधिको सुझाव अनुसार अब विशेष महाधिवेशन अगाडि बढ्ने विश्वास गरिएको छ । यो उपस्थितिले सभापति शेरबहादुर देउवा र संस्थापन पक्षलाई ठुलो धक्का दिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : २५ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको