शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने « Khabarhub

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री पदसँग सम्बन्धित महत्वपूर्ण नीतिगत प्रस्ताव अघि सारेका छन्।

राजनीतिक प्रस्ताव पेश गर्दै शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले यसले नेतृत्वमा देखिँदै आएको दोहोरिने अभ्यास अन्त्य गर्न र पार्टीभित्र बढ्दै गएको असन्तुष्टि कम गर्न मद्दत गर्ने बताए।

विगतका अभ्यासको समीक्षा गर्दै शर्माले चुनावी गठबन्धनका कारण पार्टीलाई अपेक्षित लाभ नपुगेको उल्लेख गरे। 

उनले भने, ‘चुनाव हुन्छ, नयाँ सरकार बन्छ तर प्रधानमन्त्री उही रहने अभ्यास डेढ दशकदेखि दोहोरिँदै आएको छ। यसले नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो र सार्थक परिणाम दिन सकेन।’

शर्माले आगामी दिनमा नेपाली कांग्रेसले चुनावी गठबन्धन नगर्ने प्रस्ताव समेत अघि सारे। साथै, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीतिलाई नेपालको संविधानमै लिपिबद्ध गर्न कांग्रेस नै अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : १३ बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा