इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान « Khabarhub

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन् । आइतबार महासचिवका प्रवक्ताले उक्त जानकारी दिएका छन् ।

महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘महासचिवले इरानी अधिकारीहरूलाई अत्यन्त संयम अपनाउन तथा अनावश्यक बल प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।’

वक्तव्यमा इरानभित्र सूचना प्रवाह सहज बनाउने कदम चाल्न, विशेषगरी अवरुद्ध सञ्चार सेवाहरू पुनःस्थापना गर्न पनि महासचिवले आग्रह गरेको उल्लेख गरिएको छ ।

गत डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न सहरहरूमा प्रदर्शनहरू सुरु भएका छन् । राष्ट्रिय मुद्राको मूल्य तीव्र रूपमा घट्नु र लामो समयदेखि कायम आर्थिक कठिनाइका कारण जनआक्रोश बढेको बताइएको छ । इरानी अधिकारीहरूले प्रदर्शन भएको स्वीकार गर्दै आर्थिक गुनासाहरू समाधान गर्न इच्छुक रहेको जनाएका छन्, यद्यपि हिंसा र तोडफोडप्रति चेतावनी दिएका छन् ।

शुक्रबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले राष्ट्रिय एकता कायम राख्न नागरिकहरूलाई आग्रह गरेका थिए । उनले केही प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिकालाई खुसी पार्ने प्रयास गरिरहेको आरोप पनि लगाएका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र सरकारद्वारा ‘उपद्रवी’ भनिएका समूहबीच झडप भएको र त्यसमा केही मानिसको ज्यान गएको खबर आएको छ । तर हालसम्म मृतकको आधिकारिक सङ्ख्या सार्वजनिक गरिएको छैन ।

संयुक्त राष्ट्रसङ्घले इरानको अवस्थालाई नजिकबाट नियालिरहेको र सबै पक्षलाई शान्ति, संवाद तथा मानवअधिकारको सम्मान गर्न आग्रह गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ०३ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना