सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन « Khabarhub

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिए ।
    
प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार ९४ जना, कञ्चनपुरमा ८३४ तथा सबैसभन्दा कम डोटीमा १९० जनाले आवेदन दिएका छन् । 

आगामी माघ १ गतेसम्मका लागि आह्वान गरिएको निवेदन दर्ता आज पनि सुदूरपश्चिमभरिका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका गण तथा गुल्ममा जारी छ । निर्वाचन प्रहरीमा भूतपूर्व सुरक्षाकर्मी, युवा, महिलाको सहभागिता बढिरहेको प्रहरी उपरीक्षक मिश्रले बताए। 
    
‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयारीमा प्रदेश प्रहरी कार्यालय जुटेको छ । प्रदेशस्तरीय कमाण्ड पोष्ट पनि स्थापनामा तयारी छ’, प्रहरी उपरीक्षक मिश्रले भने, ‘भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सुरक्षा संयन्त्रले आवश्यक गृहकार्य गरिरहेका छन् ।’

प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदातासमेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका जनाएको छ । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ वटा निर्वाचन क्षेत्र छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०० बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको