ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने ! « Khabarhub

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ प्रेसिडेन्ट) घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा गरेको पोस्टमा आफ्नै तस्वीरसहित ‘एक्टिङ प्रेसिडेन्ट अफ भेनेजुएला’ लेखिएको छ। पोस्टमा जनवरी २०२६ देखि पद सम्हाल्ने उल्लेख गरिएको छ।

उक्त पोस्टमा ट्रम्पले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति पनि उल्लेख गरेका छन्। यस विषयमा ह्वाइट हाउस वा अमेरिकी प्रशासनतर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

यसअघि जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आक्रमण कारबाही गरेको थियो। उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अपहरण गरेर न्यूयोर्क लगिएको छ ।

भेनेजुएलाको प्रशासन अमेरिकाले चलाउने

ट्रम्पले भेनेजुएलाको प्रशासन अमेरिका स्वयंले सञ्चालन गर्ने बताएका छन्। त्यहाँ सुरक्षित सत्ता हस्तान्तरण नहुँदासम्म यो व्यवस्था कायम रहने उनको भनाइ छ। भेनेजुएलाका जनताको हित नसोच्ने व्यक्ति सत्तामा आउन नदिन आफूले जोखिम लिन नचाहेको ट्रम्पले बताएका छन्।

मादुरो सत्ताबाट हटेपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई गत साता देशको अन्तरिम राष्ट्रपति रूपमा सपथ गराइएको थियो। ट्रम्पका अनुसार अन्तरिम सरकारले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको प्रतिबन्धित तेल हस्तान्तरण गर्नेछ, जुन बजार मूल्यमा बिक्री गरिनेछ।

तेल बिक्रीबाट प्राप्त हुने रकम अमेरिकी राष्ट्रपति हैसियतमा आफ्नो नियन्त्रणमा रहने र त्यसलाई भेनेजुएला तथा अमेरिकी जनताको हितमा प्रयोग गरिने ट्रम्पको भनाइ छ। उनले यो योजना तत्काल कार्यान्वयन गर्न ऊर्जा सचिव क्रिस राइटलाई निर्देशन दिएको पनि बताएका छन्।

ट्रम्पले जनवरी ९ मा ह्वाइट हाउसमा विश्वका ठूला तेल कम्पनीका शीर्ष अधिकारीहरूसँग बैठक गरेका थिए।

कुन कम्पनी भेनेजुएला जाने भन्ने निर्णय गरिँदै

ट्रम्पले एक्सन मोबिल, कोनोकोफिलिप्स, शेभ्रोनजस्ता ठूला अमेरिकी कम्पनीका अधिकारीहरूसँग बैठक गरेका छन्। उनले भेनेजुएलामा कुन कम्पनी जाने र लगानी गर्ने भन्ने निर्णय अमेरिका स्वयंले गर्ने बताए।

शेभ्रोनका उपाध्यक्ष मार्क नेल्सनले आफ्नो कम्पनी भेनेजुएलामा लगानीप्रति प्रतिबद्ध रहेको र हाल पनि त्यहाँ काम गरिरहेको बताएका छन्। बैठकमा सहभागी अन्य साना कम्पनी र लगानीकर्ताहरूले पनि ट्रम्पका नीतिको प्रशंसा गर्दै लगानी गर्ने इच्छा व्यक्त गरेका थिए।

अमेरिकी कारबाहीमा भेनेजुएलाका १०० सैनिकको मृत्यु

ह्वाइट हाउसले ट्रुथ सोशलमा गरिएको पोस्टलाई सरकारी पुष्टि मान्ने कि नमान्ने भन्ने विषयमा कुनै प्रतिक्रिया दिएको छैन। उता, भेनेजुएलाको गृह मन्त्रालयले जनवरी ३ को कारबाहीमा करिब १०० सुरक्षाकर्मीको मृत्यु भएको दाबी गरेको छ। तर तीमध्ये कति जनाको मृत्यु गोप्य हतियारका कारण भयो भन्ने स्पष्ट छैन।

अमेरिकाका एक पूर्वगुप्तचर अधिकारीका अनुसार देखिएका लक्षणहरू ‘डाइरेक्टेड एनर्जी वेपन’सँग मेल खान्छन्। उनका अनुसार यस्ता हतियारमा माइक्रोवेभ वा लेजरजस्ता ऊर्जाको प्रयोग गरिन्छ, जसले पीडा, रक्तस्राव र अस्थायी पक्षाघात गराउन सक्छ।

गार्डले यस घटनापछि सम्पूर्ण ल्याटिन अमेरिकामा डरको वातावरण बनेको बताएका छन् । विशेषगरी हालै ट्रम्पले मेक्सिको पनि सूचीमा रहेको उल्लेख गरेकाछन् । । उनले अमेरिकाविरुद्ध उभिन चाहनेहरूका लागि यो चेतावनी भएको बताएका छन् । यसको असर भेनेजुएलामा मात्र सीमित नरहने उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ३० बजे

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको