अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते « Khabarhub

अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते

इरानको हिंसामा करिब ५५० को मृत्यु, कडा कदम चाल्ने ट्रम्पको संकेत


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईविरुद्ध भइरहेको प्रदर्शनका क्रममा एउटा ट्रक र्‍यालीमा छिरेको छ।

र्‍यालीमा अचानक ट्रक छिरेपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेका छन्। त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले ट्रक चालकमाथि आक्रमण प्रयास गरे।

घटना आइतबार दिउँसो लस एन्जलसमा भएको हो। त्यहाँ इरानमा जारी सरकारविरोधी आन्दोलनको समर्थनमा सयौँ मानिस मार्च गरिरहेका थिए। घटनामा कति घाइते भए भन्ने स्पष्ट विवरण आएको छैन।

र्‍यालीमा ट्रक छिरेको घटना वेस्टवुड क्षेत्रको भेटेरन एभिन्यूमा भएको थियो। इरानमा पछिल्ला दुई सातादेखि सरकारविरोधी प्रदर्शन जारी छन्।

इरानको ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएनए) का अनुसार अहिलेसम्म ५४४ जनाको मृत्यु भइसकेको छ । जसमा ८ बालबालिका पनि छन्। यसका १०,६८१ जनालाई हिरासतमा लिइएको छ।

ट्रम्पको चेतावनी : इरानले सीमा पार गर्दैछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारले प्रदर्शन दबाउन रातो घेरा पार गरिरहेको बताएका छन्। उनले अमेरिका ‘कडा विकल्पहरू’ मा विचार गरिरहेको बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा प्रदर्शनकारीमाथि भइरहेको व्यवहारमाथि अमेरिकाको कडा निगरानी रहेको बताए। इरानले रातो घेरा पार गरिसकेको हो कि भन्ने प्रश्नमा उनले भने, ‘हेर्दा त्यस्तै देखिन्छ।’

ट्रम्पका अनुसार इरानले अमेरिकासँग सम्पर्क गरेर वार्ताको प्रस्ताव गरेको छ । अहिले बैठक तय गर्न छलफल चलिरहेको छ। तर अवस्था बिग्रँदै गइरहेकाले, मृतक संख्या बढ्दै र गिरफ्तारी जारी रहेकाले पहिले कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने उनले संकेत गरे।

इरानी विदेशमन्त्रीको आरोप: प्रदर्शनकारीले प्रहरी जिउँदै जलाए

इरानका विदेशमन्त्री अब्बास अराघचीले प्रदर्शनकारीहरूले प्रहरीलाई जिउँदै जलाएको आरोप लगाएका छन्। उनले यसलाई इजरायली गुप्तचर संस्था मोसादको षड्यन्त्र भनेका छन्। अराघचीले प्रहरीमाथि आक्रमण भएको भिडियो पनि सार्वजनिक गरेका छन्।

इरानको चेतावनी : आक्रमण भयो भने अमेरिकी फौज र इजरायल निशानामा

प्रदर्शनका बीच इरानले अमेरिकालाई आक्रमण भए अमेरिकी सैनिक र इजरायललाई निशाना बनाइने चेतावनी दिएको छ।

इरानी संसदका अध्यक्ष मोहम्मद बागर गालिबाफले आइतबार संसदको प्रत्यक्ष सत्रमा भने, ‘अमेरिकाले आक्रमण गर्‍यो भने क्षेत्रका सबै अमेरिकी सैन्य अड्डा, जहाज र इजरायल हाम्रो निशानामा हुनेछन्।’ उक्त सत्रमा सांसदहरूले ‘डेथ टु अमेरिका’ का नारा लगाइरहेका थिए।

गालिबाफले सुरक्षा निकायको प्रशंसा गर्दै पक्राउ परेकाहरूसँग कडा व्यवहार गरिने र कडा सजाय दिइने चेतावनी दिए। उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

महँगीले आक्रोश बढ्दै

इरानभर जेन–जी पुस्तामा तीव्र आक्रोश छ। यसको मुख्य कारण आर्थिक बदहाली हो। डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल घटेर प्रति अमेरिकी डलर करिब १४.५ लाखसम्म पुगेको थियो, जुन अहिलेसम्मकै न्यूनतम स्तर हो।

वर्षको सुरुदेखि रियालको मूल्य झन्डै आधा घटिसकेको छ। महँगी चरममा पुगेको छ। खाद्यान्नको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतसम्म बढेको छ। यसका साथै सरकारले २०२६ को बजेटमा कर ६२ प्रतिशत बढाउने प्रस्ताव गरेपछि जनआक्रोश थप चुलिएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ४० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका