कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर « Khabarhub

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गरिरहेका छन्।

देउवाले आफूनिकट नेताहरूसँग बैठक गरिरहँदा कोइराला महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सन्देशसहित महाराजगञ्ज पुगेका थिए ।

संस्थापन पक्षको बैठक बसिरहेकै बेला शेखर सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे र नेता मिलेन्द्र रिजाल लिएर त्यहाँ पुगेका थिए ।

शेखरले देउवाकहाँ विशेष महाधिवेशन पक्षधर थापा र शर्माको सन्देश पुर्‍याएका थिए । तर उनले न्यूनतम् सहमतिको प्रस्तावमा के-के छ भन्ने खुलाएका छैनन् ।

एकजना नेताका अनुसार देउवाले आफू कानुनविदहरूसँग पनि छलफलमा रहेको जानकारी शेखरलाई दिएका छन्। देउवाले रमेश लेखकसहित नेता कार्यकर्ता र कानुनविदहरूसँग पनि परामर्श गरिरहेको स्रोतको दाबी छ।

महाराजगञ्जमा देउवासँग संवाद गरेर फर्किएका कोइरालाले अहिले विशेष महाधिवेशनका आयोजक थापा र शर्मासँग संवाद गरिरहेका छन् । उनले देउवाबाट प्राप्त सन्देश महामन्त्रीद्वयलाई पुर्‍याएका छन् । कोइरालाले दुवै पक्षबीच सहमति खोज्न आफूलाई मध्यस्थकर्ताका रुपमा प्रस्तुत गरिरहेका छन्।

कोइरालाले सोमबार दिउँसो आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरे ।सभापति देउवालाई भेटनुअघिको छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजान प्रतिबद्ध रहेको बताएका थिए ।

पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी उनले दिएका थिए । कोइरालाले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्न अन्तिम प्रयासमा जुटिरहेको जवाफ दिए ।

कोइरालाले भनेका थिए- ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु’, उनले अगाडि भने, ‘तपाईंहरू ढुक्क हुनुस, पार्टी फुटदैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस। निराश हुनुपर्ने काम छैन ।’

त्यसपछि सुरूमा देउवासँग छलफल गरेका उनले अहिले गगन र विश्वसँग संवाद गरेका हुन् । विशेष महाधिवेशनमा दुईतिहाइ जुट्ने अवस्था भएपछि चौधौँ महाधिवेशनको नेतृत्व भंग गरेर जानुपर्ने आवाज उठेको छ। उता देउवाले भने यदि चौधौँको कार्यसमिति भंग भए कानुनी चुनौती दिने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ३४ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण