कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू « Khabarhub

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबार मात्रै सकिने भएको छ।

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको तनाव बढेको छ।

विशेष महाधिवेशनको सोमबारदेखि सुरू बन्दसत्रमा गठित नौ समूहले चौधौँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई भंग गरेर जानुपर्ने सुझाव दिएका छन् ।

झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा जुटेका बेला सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि चर्को दबाब परेको छ। यो अवस्थामा विशेष महाधिवेशनको दबाब थेग्न मध्यमार्गी बाटोको खोजी भइरहेको छ।

दुवै पक्षबीच मध्यस्थतकर्ताको भूमिकामा यतिबेला इतर समूहका अर्का नेता डा. शेखर कोइराला देखिएका छन् । उनले सोमबार सभापति देउवा र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । विशेष महाधिवेशनको दबाब बढ्दै जाँदा सभापति देउवाले आफूनिकट पदाधिकारी र कानुनविद्सँग पनि परामर्श गरिसकेका छन् ।

अहिले देउवाले आफूनिकटहरूसँग छलफल जारी राखेका छन् । उनलाई ६ भाइसहितकान निकट नेताहरूले विशेष महाधिवेशनमा दुईतिहाइ नपुगी कार्यसमिति भंग हुन नसक्ने भनेर ढाडस दिएका छन् ।

कांग्रेसलाई सम्भावित फुटबाट जोगाउन सबै किसिमका कोसिस र छलफल जारी रहँदा सोमबार नै विशेष महाधिवेशन नसकिने भएको छ । विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य माधव चौलागाईंले यो कार्यक्रम मंगलबारसम्म लम्बिने जानकारी दिएका छन्।

महाधिवेशनस्थलबाट चौलागाईंले दिएको जानकारीअनुसार नौ समूहले दिएको सुझावअनुसार चौधौँ महाधिवेशनको वर्तमान कार्यसमिति भंग र आगामी महाधिवेशनसम्मलाई तदर्थसमिति निर्माणको काम पनि अब मंगलबार मात्रै अघि बढ्ने भएको छ।

यता कांग्रेसको विशेष महाधिवेशनस्थलमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनमा गम्भीर छलफल भएको छ। छलफल सकिए पनि समूहबाट प्रतिवेदन महामन्त्रीद्वयलाई बुझाउन समय लागेको छ। उक्त प्रतिवेदन बुझाइन नसकिएकाले महाधिवेशन लम्बिएको हो ।

यसैबीच इतर समूहका नेता डा. कोइरालाले सोमबार नै सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरेका छन् । पहिले महाराजगञ्ज पुगेर संवाद गरेका उनले त्यसपछि महामन्त्रीद्वयसँग पार्टीलाई फुटबाट जोगाउने उपायरबारे मध्यमार्गी मार्ग सुझाइरहेका छन्।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५६ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन