कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू « Khabarhub

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबार मात्रै सकिने भएको छ।

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको तनाव बढेको छ।

विशेष महाधिवेशनको सोमबारदेखि सुरू बन्दसत्रमा गठित नौ समूहले चौधौँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई भंग गरेर जानुपर्ने सुझाव दिएका छन् ।

झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा जुटेका बेला सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि चर्को दबाब परेको छ। यो अवस्थामा विशेष महाधिवेशनको दबाब थेग्न मध्यमार्गी बाटोको खोजी भइरहेको छ।

दुवै पक्षबीच मध्यस्थतकर्ताको भूमिकामा यतिबेला इतर समूहका अर्का नेता डा. शेखर कोइराला देखिएका छन् । उनले सोमबार सभापति देउवा र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । विशेष महाधिवेशनको दबाब बढ्दै जाँदा सभापति देउवाले आफूनिकट पदाधिकारी र कानुनविद्सँग पनि परामर्श गरिसकेका छन् ।

अहिले देउवाले आफूनिकटहरूसँग छलफल जारी राखेका छन् । उनलाई ६ भाइसहितकान निकट नेताहरूले विशेष महाधिवेशनमा दुईतिहाइ नपुगी कार्यसमिति भंग हुन नसक्ने भनेर ढाडस दिएका छन् ।

कांग्रेसलाई सम्भावित फुटबाट जोगाउन सबै किसिमका कोसिस र छलफल जारी रहँदा सोमबार नै विशेष महाधिवेशन नसकिने भएको छ । विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य माधव चौलागाईंले यो कार्यक्रम मंगलबारसम्म लम्बिने जानकारी दिएका छन्।

महाधिवेशनस्थलबाट चौलागाईंले दिएको जानकारीअनुसार नौ समूहले दिएको सुझावअनुसार चौधौँ महाधिवेशनको वर्तमान कार्यसमिति भंग र आगामी महाधिवेशनसम्मलाई तदर्थसमिति निर्माणको काम पनि अब मंगलबार मात्रै अघि बढ्ने भएको छ।

यता कांग्रेसको विशेष महाधिवेशनस्थलमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनमा गम्भीर छलफल भएको छ। छलफल सकिए पनि समूहबाट प्रतिवेदन महामन्त्रीद्वयलाई बुझाउन समय लागेको छ। उक्त प्रतिवेदन बुझाइन नसकिएकाले महाधिवेशन लम्बिएको हो ।

यसैबीच इतर समूहका नेता डा. कोइरालाले सोमबार नै सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरेका छन् । पहिले महाराजगञ्ज पुगेर संवाद गरेका उनले त्यसपछि महामन्त्रीद्वयसँग पार्टीलाई फुटबाट जोगाउने उपायरबारे मध्यमार्गी मार्ग सुझाइरहेका छन्।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५६ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते