‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’ « Khabarhub

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका छन् ।

सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक एवम् कांग्रेस नेता सुवास पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताएका छन् ।

आइतबार विशेष महाधिवेशन उद्घाटनको साँझसम्म ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको थियो । तर आयोजकले ५६ प्रतिशत प्रतिनिधि सहभागी भएको प्रदेशगत विवरण सार्वजनिक गरेका थिए । जसमा सबैभन्दा बढी मधेश प्रदेशका प्रतिनिधि विशेष महाधिवेशनमा आएका थिए ।

तर सोमबारसम्म यो संख्या बढेर ६३ प्रतिशत पुगेको पोखरेलले बताए । यदि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईतिहाइ महाधिवेशन प्रतिनिधि जुटाएमा चौधौँ महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित वर्तमान कार्यसमिति औपचारिक रुपमा भंग गर्न सक्नेछ ।

देउवा र उनीनिकट नेताहरूले दुईतिहाइ नपुगी वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन सम्भव नरहेको बताउँदै आएका छन् । सोमबार विशेष महाधिवेशनको नौ समूहमा भएको छलफलमा पनि प्रतिनिधिहरूले वर्तमान कार्यसमिति भंग गरेर कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।

विशेष महाधिवेशनले नयाँ कार्यसमितितिर कदम चाल्दै गर्दा सभापति देउवा भने महाराजगञ्जस्थित निवासमा आफूनिकट नेता र कानुन व्यवसायीसँग छलफलमा छन् । उनले यदि विशेष महाधिवेशनले वर्तमान कार्यसमिति भंग गरेमा चाल्न सकिने कदमबारे राय लिएका छन् ।

यसैबीच आफूनिकट नेताहरूको सुझावपछि महामन्त्रीद्वयसँग संवादका लागि पनि देउवा तयार भएका छन् । उता नेता शेखर कोइरालाले पनि मध्यमार्गी भूमिकामार्फत् कांग्रेसलाई विभाजनबाट रोक्ने कोसिस जारी राखेका छन् ।

यता नेता डा. शेखर कोइरालाले पनि सोमबार दिउँसो सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरेका छन् । उनले कांग्रेसको संकट टार्न मध्यमार्गी भूमिका खेल्दै पार्टीलाई जोगाउन विष पिउन पनि तयार रहेको बताएका छन् । सुरूमा देउवासँग संवाद गरेका उनले अहिले महामन्त्रीद्वयसँग सम्भावित समाधानको विकल्पबारे छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : २६ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन