विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा « Khabarhub

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताएका छन्। 

नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल र जर्मनको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताए। कार्यक्रममा नेपालका लागि जर्मनका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनबीचको व्यवसायमा सहकार्य गर्न उत्साहित रहेको बताए। 

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआइ)का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले खुलेर स्वस्थ व्यवसाय गर्ने वातावरणको आवश्यकता औँल्याए । कमर्सका अध्यक्ष सन्तोष कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिए । 

‘हामीलाई युरिया मल न्यूनतम पनि सात लाख मेट्रिक टन चाहिन्छ । तर, हामीले तीन लाख मेट्रिक टन पनि ल्याउन सकेका छैनौँ’, उनले भने, ‘अहिले जर्मनबाट डिटेल प्रोजेक्ट रिपोर्ट बनाई नेपालमा मल कारखाना सञ्चालन गर्ने भनेर लगानी बोर्डमा जुन प्रस्तावना पेस भएको छ, यसलाई सबैले मिलेर लागू गराउनुपर्छ ।’

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ४१ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई