कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति पारित गर्दै नेतृत्व चयनका प्रक्रिया सुरु हुने नेताहरुले जनाएका छन् ।

विशेष महाधिवेशन प्रचार समितिले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नयाँ नीति पारित हुने र नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जानकारी दिएको हो ।

मंगलबार बिहान बिभिन्न प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत हुने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।

समूहगत निष्कर्षपछि बन्दसत्रले पार्टीको नीति उपर निर्णय लिने र त्यसपछि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने उनले बताए । उनले विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्व आए छुट्टै अवस्था सिर्जना हुन सक्ने र नेतृत्व नआए निर्वाचनमा जाने स्पष्ट पारे ।

पोखरेलले अहिलेसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिहरुले हस्ताक्षर गरेको भन्दै ७० प्रतिशत पुराएर देखाउने दावी गरे ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : ५९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म