रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली « Khabarhub

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तयारी थालेका छन् ।

लामो समयदेखि वैकल्पिक राजनीतिको अभियानमा जोडिएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारी थालेका हुन् । उनी नयाँ शक्ति र विवेकशील साझा हुँदै रास्वपा आइपुगेका नेता हुन्।

युवा पुस्ताको आवाज बुझ्ने र आर्थिक क्षेत्रको ज्ञान भएका कारण आफू यस क्षेत्रको लागि उपयुक्त पात्र भएको उनको दाबी छ । ‘यो मेरो आकस्मिक निर्णय होइन, दशकौँदेखिको वैकल्पिक शक्ति निर्माणको त्याग र संघर्षको परिणाम हो,’ उनी भन्छन् ।

ज्ञवाली बुटवलका स्थापित युवा व्यवसायी हुन्। अस्पताल, अटो–ल्याण्ड र पर्यटन क्षेत्रमा उनको लगानी छ। अर्घाखाँची हंसपुर समाजको पूर्वअध्यक्ष भइसकेका ज्ञवालीको रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूसँग गहिरो सम्बन्ध छ।

रुपन्देही २ का सैनामैना र बुटवलका धेरै वडाहरूमा अर्घाखाँचीबाट आएका मतदाताको बाहुल्यता छ। रुपन्देही २ एमालेका प्रभावशाली नेता विष्णु पौडेल निर्वाचित हुँदै आएको क्षेत्र हो । पौडेलसँगको प्रतिस्पर्धा भने चुनौतीपूर्ण हुने स्थानीयको बुझाइ छ । अघिल्लो चुनावमा रास्वपाले यस क्षेत्रमा २७ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेको थियो।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : १३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र