भारतमा एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना « Khabarhub

भारतमा एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले ग्रेटर नोइडा क्षेत्रमा पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) बाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना गरेको छ । भारतको सरकारी चिकित्साविज्ञान प्रतिष्ठानले पहिलो पटक एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

विज्ञहरुले यस केन्द्र स्थापना भएसँगै छिट्टै रोगहरुको पहिचान गर्न सकिने जनाएका छन् । केन्द्रले क्यान्सर, मुटु, मिर्गौला र कलेजोमा देखिने रोगको निदान र उपचारमा सघाउ पुर्‍याउनेछ ।

टाइम्स अफ इण्डियाका अनुसार यस स्वास्थ्य केन्द्रले एआईलाई अनुवाशिंक स्क्रिनिङसँग मिलाएर शुरुवाती अवस्थामै रोगको पहिचान गर्नेछ । त्यसबाहेक रक्तपरीक्षणको विश्लेषण गर्ने र उपचारको पनि पूर्वजानकारी दिनेछ ।

प्रतिष्ठानका निर्देशक ब्रिगेडियर डा. राकेश कुमार गुप्ताले यस स्वास्थ्य केन्द्रले एआईको मद्दतबाट विभिन्न किसिमका रोगको निदान गर्ने जानकारी दिए । उनका अनुसार यसबाट स्वास्थ्यसेवामा नयाँ अवसर पनि सिर्जना हुनेछ ।

खासगरी स्वास्थ्य सेवामा काम गर्न चाहने स्टार्टअपहरुलाई यसले थप अवसर प्रदान गर्नेछ । अहिले स्वस्थ्य क्षेत्रमा बिरामी र चिकित्सक दुबै पक्षले प्रविधिको उपयोग चाहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ३६ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि