आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ ।

वृष : आज विवाद बढ्ने भएकाले थोरै बोल्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मिथुन : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । परिवारको साथमा घुमघामको रमाइलो अवसर मिल्नेछ । मनको कुरा खुलेर आफन्तसँग साटेमा मन शान्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : सोचेको काम नबन्दा मन दुखी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ । विपक्षी समूह कठोर भएकाले राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने समय आएको छ ।

सिंह : सञ्चित धन खर्च हुनेछ । साथीभाइ दाहिना भएकाले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । अभिभावकको सल्लाह लिएर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या : शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ । स्वास्थ्यमा सुधार भएकाले काम सहजै बन्नेछन् । परिवारको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ । यस्तो कामले मनमा उत्साह बढ्नेछ ।

तुला : शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने जोखिम छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । आफन्तले भन्दा अरुले तपाईंको प्रशंसा गर्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।

वृश्चिक : तपाईंका लागि शुभ ग्रहको बहुमत छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । परिवारको साथमा समय बिदाउँदा मन शान्त बन्नेछ ।

धनु : दिन राम्रो छ । आज बोलीको प्रभावले काम बन्ने छ । व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । उत्तरको लामो यात्रामा नजानु उचित हुन्छ । बौद्धिक व्यक्ति तपाईंको पछाडि लागेकाले सचेत भएर अगाडि बढ्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले संकटमा साथ दिनेछन् । विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ । परिवारको साथमा अगाडि बढ्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : मन अशान्त बन्नेछ । सोचेका काममा अवरोध हुनेछ । रोगले सताउने छ । आज व्यापारमा धैर्यता आवश्यक देखिन्छ । शिक्षामा मिहिनेत गर्नु पर्ने दिन छ ।

मीन : तपाईंको कला र गलाको प्रदर्शनले फाइदा हुनेछ । सहकार्य गरेका संस्थाबाट मान र सम्मान प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । गणेशको पूजा गर्नु फाइदा हुनेछ । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : ३२ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै