चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ? « Khabarhub

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको सूची अनुसार नेपाली टिमका कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिन बलर सन्दीप लामिछानेले टी–२० आईको वरीयतामा सुधार गरेका हुन् ।

आईसीसीका अनुसार अलराउन्डर दिपेन्द्रले ब्याटिङ र बलिङमा आफूलाई सुधार गरेका छन् । दीपेन्द्रले ब्याटिङतर्फ चार स्थान सुधार गर्दा ७२ औं स्थानमा छन् भने बलिङतर्फ पाँच स्थान सुधार गर्दै ७१ स्थानमा पुग्न सफल भएका छन्। उनको अलराउन्ड वरीयता भने छैटौं स्थानमा यथावत् छ ।

रोहित पौडेलले ब्याटिङमा आफूलाई तीन स्थान सुधार गरेका छन् । उनी ७५ औं स्थानमा आएका छन् । ओपनर कुशल भुर्तेलले चार स्थान सुधार गर्दै ७७ औं स्थानमा आइपुगेका छन् ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले १० स्थान सुधार गर्दै ७४ औं स्थानमा आइपुगेका छन् ।

विश्वकपमा सहभागी नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आज विश्वकपमा पहिलो ऐतिहासिक जितको खोजीमा छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ९ : ३८ बजे

युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते

युक्रेन– युक्रेनमा बुधबार भएको रूसी हवाई आक्रमणमा कम्तीमा ६ जनाको

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको