चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ? « Khabarhub

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको सूची अनुसार नेपाली टिमका कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिन बलर सन्दीप लामिछानेले टी–२० आईको वरीयतामा सुधार गरेका हुन् ।

आईसीसीका अनुसार अलराउन्डर दिपेन्द्रले ब्याटिङ र बलिङमा आफूलाई सुधार गरेका छन् । दीपेन्द्रले ब्याटिङतर्फ चार स्थान सुधार गर्दा ७२ औं स्थानमा छन् भने बलिङतर्फ पाँच स्थान सुधार गर्दै ७१ स्थानमा पुग्न सफल भएका छन्। उनको अलराउन्ड वरीयता भने छैटौं स्थानमा यथावत् छ ।

रोहित पौडेलले ब्याटिङमा आफूलाई तीन स्थान सुधार गरेका छन् । उनी ७५ औं स्थानमा आएका छन् । ओपनर कुशल भुर्तेलले चार स्थान सुधार गर्दै ७७ औं स्थानमा आइपुगेका छन् ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले १० स्थान सुधार गर्दै ७४ औं स्थानमा आइपुगेका छन् ।

विश्वकपमा सहभागी नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आज विश्वकपमा पहिलो ऐतिहासिक जितको खोजीमा छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ९ : ३८ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि