राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य « Khabarhub

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्त्वपूर्ण बिजनेस नभएका कारण सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  १२ : ५८ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु