रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण « Khabarhub

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण सुरुआत गरिएको छ। 

जिल्लाको पूर्वाधार विकास कार्यालयले धुन्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसबाट जिल्लाका सडक निर्माणलाई दिगो, भरपर्दो र भविष्यसम्म उपयोगी बनाउने विश्वास गरिएको छ ।
 
कार्यालयका अनुसार जडान गरिएका उपकरणमार्फत गिट्टी, बेस, ग्राभेल र कालोपत्रलगायत निर्माण सामग्रीको वैज्ञानिक परीक्षण गर्न सकिनेछ । यसअघि यस्ता परीक्षणका लागि बाहिरी जिल्लामा निर्भर रहनुपर्ने अवस्था थियो । अब जिल्लामै परीक्षण सम्भव भएपछि निर्माण प्रक्रियामा पारदर्शिता र गुणस्तर दुवै बढ्ने जनाइएको छ । 

कार्यालय प्रमुख रवीन मर्हजनले पाँचजना दक्ष प्राविधिक परीक्षण कार्यमा खटिएको जानकारी दिँदै उपकरण जडानपछि निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपट गर्न नसक्ने अवस्था सिर्जना भएको बताए। उनका अनुसार परीक्षणका लागि आवश्यक सामग्री भिजाउने पोखरीसमेत निर्माण गरिएको छ, जसले प्रयोगशाला पूर्ण रूपमा सञ्चालनयोग्य बनेको छ ।

विसं २०८१ भदौमा स्थापना भएको कार्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ । हालसम्म नमूनाका रूपमा तीन दशमलव ३६५ किमी नयाँ सडक ट्रयाक खोल्ने, तीन दशमलव ४७८ किमी सडक ढलान गर्ने, दस दशमलव ६३८ किमी सडक कालोपत्र गर्ने तथा बीस दशमलव ४७ किमी सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । यी उपलब्धिले कार्यालयको कार्यदक्षता र प्राविधिक टोलीको सक्रियता झल्किएको जनाइएको छ ।

स्थानीयवासीले गुणस्तरीय पूर्वाधार विकासले रसुवालाई नमूना जिल्ला बनाउने अपेक्षा व्यक्त गरेका छन् । कार्यालयले कुन क्षेत्रमा कस्तो पूर्वाधार आवश्यक छ भन्ने विषयमा प्राविधिक टोलीले स्थलगत अध्ययनलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

यस पहलले प्राविधिकको मनोबल अझ उच्च बनाएको छ । गुणस्तर परीक्षण प्रणालीको सुरुआतसँगै अब रसुवामा निर्माण हुने सडक तथा संरचना थप टिकाउ, सुरक्षित र विश्वासयोग्य हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  १ : २८ बजे

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला