दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद « Khabarhub

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गरेको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ।

उनीविरुद्धको फैसला सोही सियोल अदालतका फरक न्यायाधीशबाट आएको हो । यो राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दामा निर्णय आउनुभन्दा एक साताअघि सार्वजनिक भएको हो । युनमाथि लागेको विद्रोहको अभियोगमा अभियोजनकर्ताहरूले मृत्युदण्डको माग गरिरहेका छन् ।

अदालतले गृह मन्त्रालयको नेतृत्व सम्हालेका लीले मार्सल ल कार्यान्वयनमा सहयोग गरेको, साथै सरकारको नीतिको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई पानी र बिजुली आपूर्ति काट्न प्रहरी र अग्नि नियन्त्रक प्रमुखहरूलाई आदेश प्रवाह गरेको ठहर गरेको छ । यद्यपि, राष्ट्रिय सभाका सांसदहरूले सैन्य र प्रहरी नाकाबन्दी तोड्दै सर्वसम्मत रूपमा मार्सल ल हटाउने निर्णय गरेपछि ती निर्देशनहरू कार्यान्वयनमा जान सकेका थिएनन् ।

लीले भने सञ्चारमाध्यमहरूलाई उपयोगिता सेवा कटौती गर्न कुनै निर्देशन प्राप्त नगरेको वा जारी नगरेको दाबी गरेका थिए । उनले राष्ट्रिय फायर एजेन्सीका पूर्वआयुक्त जनरल हेओ सेओक–गोनसहितका अधिकारीहरूको गवाही अस्वीकार गरेका थिए, जसमा उनले फोनमार्फत त्यस्ता आदेश दिएको भनिएको थियो । साथै, मार्सल ल घोषणा गर्ने षड्यन्त्र वा योजना बनाएको आरोप पनि उनले अस्वीकार गरका थिए ।

न्यायाधीश रयु क्युङ–जिनले अन्य अधिकारीहरूको गवाही, सुरक्षा क्यामेरा दृश्य र उपलब्ध प्रमाणहरूले लीले युनको आदेश पालना गर्ने प्रयास गरेको स्पष्ट देखाएको बताए। उनका अनुसार मार्सल ल कार्यान्वयनमा लीले महत्त्वपूर्ण भूमिका खेलेको तथ्य निर्विवाद छ ।

तर, पर्याप्त प्रमाण अभावका कारण अदालतले शक्तिको दुरुपयोगसम्बन्धी अर्को आरोपबाट उनलाई मुक्त गरेको छ ।

फैसलापछि ली हल्का मुस्कानसहित मौन रहेका थिए । उनका कानूनी टोलीले तत्काल अपिल गर्ने वा नगर्नेबारे कुनै प्रतिक्रिया दिएको छैन । अभियोजनकर्ताहरूले उनका लागि १५ वर्ष जेल सजाय माग गरेका थिए ।

मार्सल ल प्रकरणमा दोषी ठहर हुने ली युनको मन्त्रिमण्डलका दोस्रो सदस्य हुन्। यसअघि पूर्वप्रधानमन्त्री हान डक–सूलाई २३ वर्ष जेल सजाय सुनाइएको थियो, जसविरुद्ध उनले अपिल गरेका छन् ।

रूढीवादी नेता युनले मार्सल ललाई आफ्नो शासनको आवश्यक कदमका रूपमा बचाउ गरेका थिए । उनले उदारवादी दलहरूलाई ‘राज्यविरोधी शक्तिहरू’ भन्दै आफ्नो विधायी बहुमत प्रयोग गरेर एजेन्डा अवरुद्ध गरेको आरोप लगाएका थिए ।

पछि युनलाई पदबाट हटाइएको छ र उनले जुलाईदेखि हिरासतमा रहँदै विभिन्न आपराधिक मुद्दाहरूको सामना गरिरहेका छन्। तीमध्ये विद्रोहसम्बन्धी अभियोग सबैभन्दा गम्भीर मानिएको छ ।
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  २ : ४३ बजे

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

धौलागिरि अस्पतालमा पहिलो पटक सर्पदंशको उपचार

बागलुङ– धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको

मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’